|

म्याग्दी : म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर शिवालयमा बाला चर्तुदशीको दिन करिब साढे ४ लाख रूपैयाँ भेटी संकलन भएको छ।

मंसिर ६ गते बाला चर्तुदशीको दिन गलेश्वरधाममा छतबीज छर्न र मन्दिरको दर्शन गर्न आएका भक्तजनबाट चढेको भेटी गणना गर्दा ४ लाख ४६ हजार ९१३ संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव राम बानियाँले जानकारी दिए।

उक्त रकममध्ये ४ लाख २७ हजार ६३ रूपैयाँ मन्दिरमा चढाइएको भेटीबाट संकलन भएको हो। मन्दिर आएका भक्तजनले सहयोगस्वरुप रसिद काटेर १ लाख ६३ हजार ५८९ रूपैयाँ संकलन भएको कोषले जनाएको छ।

बाला चर्तुदशीको दिनमा गलेश्वर धाममा २५ हजारभन्दा बढीले दर्शन तथा पूजापाठ गरेको कोषले जनाएको छ।

भक्तजनले चढाएको भेटी सुरक्षाकर्मीको रोहबरमा गनेर बैँकमा जम्मा गरिँदै आएको छ। कालीगण्डकीको किनारमा ९ रोपनी विशाल चक्रशिलामा रहेको शिवालयमा मनोकांक्षा पूरा हुने जनविश्वासले देशका विभिन्न स्थानबाट भक्तजनको आगमन हुँदै आएको छ।

गलेश्वर शिवालयमा द्वापर युगमा सतीदेवीको गला पतन भएको धार्मिक ग्रन्थहरूमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.