|

इलाम : इलाम क्षेत्र नम्बर १ मा पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल नेकपा एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतलाई पछ्याएका पछ्यायै छन्।  

मतगणनाको शुरुवाती चरणबाटै अघि रहेका बस्नेतले अग्रता फराकिलो बनाउँदै लगेका छन्। करिब ३३ हजार हाराहारी मतगणना हुँदा बस्नेत १,९६० मतले अगाडि छन्।

पछिल्लो गणनाको परिणामअनुसार बस्नेतले १४,२०३ मत पाउँदा खनालले उनलाई पछ्याउँदै १२,२४३ मत ल्याएका छन्। उक्त क्षेत्रमा १ लाख ९,५३५ मतदाता रहेकोमा ५९,१३६ मत खसेको छ।

त्यस क्षेत्रको प्रदेशसभा ‘क’मा नेकपा (एकीकृत समाजवादी) का खिनु लङ्वा (लिम्बू) ले अग्रता कायम राखेका छन् भने ‘ख’मा एमालेका दीपककुमार थेवेले अग्रता लिएका छन्। ‘क’मा प्रदेश १ की संस्कृति तथा पर्यटनमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)की नेतृ लङ्वा ६६२ मतले अगाडि छन्। 

शुरुवातबाटै अग्रता बनाएकी लङ्वाले ६,८११ मत पाउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी शोभा पराजुली ६,१४९ मतका साथ पछयाइ रहेकी छन्।  त्यस क्षेत्रमा ५५,२४७ मतदाता रहेकामा २९,४९६ मत खसेको छ। प्रदेश सभा‘‘ख’ मा पछिल्लो समय नेकपा एमालेका दीपककुमार थेवेले अग्रता बनाएका छन्।

उनको गृहक्षेत्र माई नगरपालिकाका ६ वटा केन्द्रको मत गणनापछि थेवेले अग्रता उल्ट्याएर ३४४ मतान्तरले आफ्नो पक्षमा पारेका हुन्। १६,०८९ मत गन्दा थेवेले ७,०७८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका शम्शेर राईले ६,७४४ मतका साथ पछ्याइरहेका छन्। यसअघि राईले निरन्तर अग्रता लिँदै आएका थिए। ५४,२८८ मतदाता रहेको उक्त  क्षेत्रमा २९,६४० मत खसेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.