|

काठमाडौं : माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले प्रतिनिधिसभाको समानुपातिक तर्फ एक लाख मत कटाएको छ। 

निर्वाचन आयोगमा शुक्रबार साँझ ६ बजेसम्म प्रविष्ट विवरण अनुसार समाजवादीले १ लाख ७ हजार ४ सय ६६ मत ल्याएको हो। 

प्रत्यक्षतर्फ समाजवादीले १० सिट जितेको छ। 

एक लाख मत कटाएसँगै यो पार्टी अहिले सातौं स्थानमा उक्लिएको छ । पहिलो स्थानको एमालेले साढे १३ लाख मत कटाउँदा कांग्रेसले १२ लाख ९० हजार मत ल्याएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ६ लाख २२ हजार, नेकपा माओवादी केन्द्रले ५ लाख ८४ हजार, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २० हजार, जसपाले १ लाख ६० हजार मत प्राप्त गरेको आयोगले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.