माधव बेल्वासे
चन्द्रौटा : कपिलवस्तुको क्षेत्र नं. ३ प्रदेशसभा (ख)मा जानकी यादव निर्वाचित भएका छन्। यादव राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका थिए।
२०७९ सालको स्थानीय निर्वाचनमा जसपाबाट विजयनगर गाउँपालिकाका अध्यक्षमा उम्मेदवार बनेर पराजित भएका यादव मङ्सिर ४ को निर्वाचनअघि राप्रपा प्रवेश गरेका थिए।
विजयनगर गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार गोपाल थापासँग ५०४ मतले पराजित भएका यादव अहिलेको निर्वाचनमा एमालेका उम्मेदवार रजाउँ रहमान खाँलाई ६७५ मतले पछि पार्दै निर्वाचित भएका हुन्। यादव २०७४ सालमा गाउँपालिका अध्यक्ष र प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा पनि झिनो मतान्तरले हार व्यहोरेका यादव अहिले लुम्बिनी प्रदेशसभा सदस्य बनेका छन्।
३५‚६३४ मतगणना गर्दा यादवले ८‚५८२ मत पाएका छन् भने एमालेका खाँले ७‚९०७ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका उम्मेदवार तथा निवर्तमान प्रदेश संसदीय दलका नेता वीरेन्द्र कनोडिया तेस्रो भएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।