संखुवासभा : संखुवासभामा प्रतिनिधिसभा सदस्यमा गठबन्धन तर्फबाट नेपाली काँग्रेसका दीपक खड्का निर्वाचित भएका छन्। काँग्रेसका खड्काले ३२,१५८ मत ल्याई निर्वाचित भएको सहायक निर्वाचन अधिकृत डाक्टर इन्द्र सापकोटाले जानकारी दिए।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजेन्द्रप्रसाद गौतमले २६,७१९ मत ल्याएका छन्। खड्का ५,४३९ मतान्तरले विजयी भएका हुन्। काँग्रेसका खड्का र एमालेका गौतमबीच यो तेस्रो भिडन्त हो।
एक मात्र प्रतिनिधिसभा रहेको संखुवासभामा ६५,३३७ मत खसेको थियो। त्यसमध्ये २,७५७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रदेश तथा प्रतिनिधिसभा सदस्यका २९ जना उम्मेदवार चुनावी मैदान थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।