|

जुम्ला : जुम्लामा आगलागीबाट एउटा घर जलेर नष्ट भएको छ।

चन्दननाथ नगरपालिका-३ निवासी लालबहादुर खत्रीको १७ कोठे घर जलेर नष्ट भएको  जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार १७ कोठा भएको ४ तले घर जलेर नष्ट भएको छ।

घरमूली नरेन्द्र खत्रीका अनुसार गएराति २ बजेर ३० मिनेटमा आगलागी भएको हो। प्रहरीलाई बिहान ६ बजेमात्र खबर भएको पाइएको छ।

आगलागीबाट अन्न, लत्ताकपडा, भाँडाकुँडा र महत्वपूर्ण सामान जलेर नष्ट भएको चन्दननाथ-४ का वडाध्यक्ष रतन खत्रीले बताए।

प्रहरीले घटनाको मुचुल्का भएको जानकारी दिएको छ। घटनापछि चन्दननाथ नगरपालिकाले बैठक बसेर तत्काल राहत दिने निर्णय गरेअनुसार ६० हजार रूपैयाँ दिइने वडाध्यक्ष खत्रीले बताए।

आगलागीका विषयमा जिल्ला प्रशासन कार्यालयमा बैठक समेत बसेको थियो। प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीका अनुसार जिल्ला प्रशासन कार्यालयमा आकस्मिक बैठक बसेर आवश्यक राहतका लागि छलफल भएको बताए। उनका अनुसार जिल्ला प्रशासनमार्फत दिइने विपद राहत २५ हजार रूपैयाँ दिइनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.