सुर्खेत : डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पामा अलपत्र परेका कर्मचारी र सुरक्षाकर्मीको हेलिकप्टरबाट सदरमुकाम दुनै ल्याइएको छ।
शनिबार शे–फोक्सुन्डो गाउँपालिकाको साल्दाङ, फोद, भिजेर र डोल्पो बुद्ध गाउँपालिकाको तिन्जेलगायत स्थानबाट अलपत्र १३५ कर्मचारीलाई हेलिकप्टरबाट सदरमुकाम ल्याइएको प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जानकारी दिए।
निर्वाचन आयोगसँग आवश्यक समन्वय गरेर हेलिकप्टरबाट उद्धार गर्ने व्यवस्था मिलाइएको प्रजिअ अधिकारीले बताए। चुनावमा खटिएका कर्मचारीहरू ६ दिनदेखि मतदान केन्द्रमै अलपत्र थिए।
हिँडेर सदरमुकाम पुग्न हप्ता दिनभन्दा धेरै लाग्ने र बाटाघाटा हिउँले भरिएकोले ज्यान जोखिममा पर्ने भन्दै अलपत्र कर्मचारीले हेलिकप्टर पठाउन आग्रह गरेका थिए।
अझै ११ जना सुरक्षाकर्मी माथिल्लो डोल्पामै रहेकाले उद्धारका लागि हेलिकप्टर पठाउने पहल भइरहेको प्रजिअ अधिकारीले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।