नेदरल्याण्ड्स-इक्वेडरबीच अर्को खेल‚ इंग्ल्यान्ड र अमेरिकाबीच आजको अन्तिम खेल

|

कतारमा भइरहेको विश्वकप फुटबलमा आजको दोस्रो खेलमा आयोजक कतारले दोस्रो पराजय भोगेको छ। दोस्रो खेलमा बेहोरेको हारसँगै आयोजक राष्ट्रको दोस्रो चरण प्रवेशको सम्भावना पातलिएको छ।

सेनेगलसँग कतार ३-१ ले पराजित भयो। तर उसका लागि विश्वकपमा सेनेगलविरुद्ध एक गोल गर्न सफल हुँदा केही सान्त्वना मिलेको छ। 

कतारको अल-थुमामा स्टेडियममा भएको खेलमा सेनेगलले कतारमाथि पहिलो हाफमा १ गोलको अग्रता लिएको थियो। खेलको ४१ औँ मिनेटमा सेनेगलका बोलाए दीयाले गोल गर्दै अग्रता दिलाए।

खेलको दोस्रो हाफमा सेनेगलले अग्रता दोब्बर बनायो। खेलको ४८ औँ मिनेटमा फामेराह डेड्युओले सेनेगलका लागि दोस्रो गोल गरे।

दोस्रो हाफमा कतारले आक्रामक खेल खेल्दै सेनेगलको गोल पोस्टमा निकै आक्रमण गरे पनि सफल हुन नसकिरहेका वेला मोहम्मद मुन्तारीले ७८औं मिनेटमा हेड गर्दै शानदार गोल गरे।

यसपछि पनि खेल बराबरीका लागि मरिमेटेर खेलेको कतारले कुनै गोल थप्न सकेन। 

तर खेलको ८४औं मिनेटमा शेख डियाङ बाम्बाले सेनेगलका लागि तेस्रो गोल गर्दै जीत सुनिश्चित पारे।

आफ्नो पहिलो खेलमा २–० को हार बेहोरेका दुवै टोली पहिलो जितको खोजीमा थिए।

उदघाटन खेलमा कतारले इक्वेडरसँग २-० ले र सेनेगलले नेदरल्यान्ड्ससँग २-० गोलले नै हार बेहोरेको थियो।

सेनेगले जारी विश्वकपमा जित हासिल गर्ने पहिलो अफ्रिकन राष्ट्रसमेत बनेको छ।

कतारले समूह चरणको अन्तिम खेलमा अब नेदरल्यान्डको सामना गर्नेछ। कतार दक्षिण अफ्रिकापछि सर्वाधिक खराब नतिजा निकाल्ने आयोजकसमेत भएको छ।

समूहमा नेदरल्यान्ड्स, इक्वेडर र सेनेगलको ३-३ अंक रहेको छ। कतार र सेनेगलले २/२ खेल खेलेका छन् भने नेदरल्याण्ड्स र इक्वेडरले १/१ खेलमात्र खेलेका छन्।

नेदरल्याण्ड्स-इक्वेडरबीच अर्को खेल

आजै हुने अर्को खेलमा नेदरल्यान्ड्स र इक्वेडरबीच प्रतिस्पर्धा हुँदैछ।

खलिफा अन्तरराष्ट्रिय रंगशालामा राति पौने १० बजे हुने खेलमा दुवै टोली लगातार दोस्रो जितको खोजीमा हुनेछन्।

पहिलो खेलमा नेदरल्यान्ड्सले सेनेगललाई तथा इक्वेडरले कतारलाई समान २–० गोलले पराजित गरेका थिए।

आजको अन्तिम खेल इंग्ल्यान्ड र अमेरिकाबीच

विश्वकपअन्तर्गत आजै हुने अन्तिम खेलमा इंग्ल्यान्ड र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ।

कतारको अल-बायत रंगशालामा राति पौने १ बजे हुने खेलमा अमेरिका पहिलो जितको खोजीमा हुनेछ। अमेरिकाले पहिलो खेल वेल्ससँग बराबरी खेलेको थियो।

इंग्ल्यान्ड भने लगातार दोस्रो जित निकाल्ने प्रयासमा हुनेछ। इंग्ल्यान्डले पहिलो खेलमा इरानलाई ६–२ गोलले हराएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.