चितवन : चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे विजयी भएका छन्। पाण्डे नेकपा माओवादी केन्द्रका डा.भोजराज अधिकारीलाई नौ हजार २३३ मतान्तरले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्।
पाण्डेले ३५ हजार ५५ मत प्राप्त गर्दा अधिकारीले २५ हजार ८२२ मत ल्याए। राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले १४ हजार ८४२ मत ल्याइन्। स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले १२ हजार २७५ मत प्राप्त गरे। यो क्षेत्रमा ९४ हजार २८० मत खसेको थियो।
चितवन क्षेत्र नं. ३ प्रदेश २ मा नेकपा माओवादीका ठाकुर ढकाल विजयी भएका छन्। उनी १५ हजार ४६१ मतका साथ विजयी भएका हुन्। उनकी प्रतिस्पर्धी राप्रपाकी रीना गुरुङले १४ हजार ६१५ मत प्राप्त गरिन्। नेकपा एमालेकी सरस्वती विष्टले १० हजार १२४ मत हासिल गरिन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।