|

काठमाडौं : रूपन्देही क्षेत्र नं. १ मा नेकपा एमालेका छविलाल विश्वकर्मा विजयी भएका छन्। 

विश्वकर्मा स्वतन्त्र उम्मेदवार नेता घनश्याम भुसालभन्दा तीन हजार ५६४ बढी मतले विजयी भएका हुन्।

निर्वाचन अधिकृत श्याम श्रेष्ठका अनुसार छविलालले २४ हजार ८७२ मत प्राप्त गरे। भुसालले २१ हजार ३०८ मत ल्याए।

भुसाल टिकट नपाएपछि एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिएका थिए। सत्ता गठबन्धनका नेताको समर्थन उनलाई थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.