सप्तरी : सप्तरी क्षेत्र नं. ४ मा प्रतिनिधिसभामा नेपाली कांग्रेसका तेजुलाल चौधरी निर्वाचित भएका छन्।
निर्वाचन अधिकृत विश्वबन्धु पौडेलका अनुसार चौधरीले २३ हजार ४९१ मत प्राप्त गरी निर्वाचित भएका हुन्। निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नम्बर ४, सप्तरीकाअनुसार उनका प्रतिद्वन्द्वी जसपाका बालकिशोर यादवले १७ हजार ९७७ मत प्राप्त गरे।
सप्तरीको प्रत्यक्षतर्फ सबै परिणाम घोषणा भएको छ। यसअनुसार प्रतिनिधिसभामा कांग्रेस दुई, जनमत र जसपा पार्टी एक÷एक स्थानमा विजयी भएको छ। प्रदेशसभामा जनमत पार्टीले चार, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र स्वतन्त्रले एक\एक सदस्यमा जित हासिल गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।