संखुवासभा : संखुवासभामा प्रदेशसभा (२) मा सदस्यमा नेकपा एमालेका विदुरकुमार लिंथेप निर्वाचित भएका छन्।
लिंथेप नेकपा एकीकृत समाजवादी पार्टीकी सरिता खड्कासँग २४० मतान्तरले विजयी भएका हुन्।
लिंथेपले १५ हजार ४ सय ८२ मत ल्याए। खड्काले १५ हजार २४२ मत पाइन्।
खड्का ०७४ मा नेकपा एमालेबाट समानुपातिक तर्फबाट प्रदेश सांसद भएकी थिइन्। एमाले लिंथेप अघिल्लो कार्यकालका मादी नगरपालिकाका प्रमुख हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।