|

कञ्चनपुर :  शुक्लाफाँटा नगरपालिका ११ कलुवापुर नजिक से २ त २४७९ नम्बरको ट्रयाक्टरको ठक्करबाट आज विहान भारतीय नागरिकको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहका अनुसार कलुवपुरबाट झलारी बजार तर्फ आई रहेको ट्रयाक्टरले साइकलमा आउँदै गरेका अन्दाजी ४५ वर्षीय  भारतीय नागरिकलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो।

मृतकको नाम ठेगाना खुल्न नसकेको प्रहरी निरीक्षक सिंहले बताए। मृतकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा राखिएको छ। ठक्कर दिने ट्रयाक्टर र चालक प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी, कृष्णपुर नगरपालिका ५ पवित्रा बस्तीका अन्ताजी ७० वर्षीय वृद्धा मनसरादेवी सुनारको घरमा आगलागी हुँदा जलेर गए राती मृत्यु भएको छ। आफै सुत्ने कोठामा आगलागी हुँदा वृद्धाको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक सिंहले बताए। घटना बारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.