|

धनकुटा : प्रतिनिधिसभाको एक तथा प्रदेशसभाको दुई निर्वाचन क्षेत्र रहेको धनकुटामा सबै क्षेत्र जितेको एमालेले समानुपातिक प्रणालीमा पनि पहिलो भएको छ। धनकुटामा समानुपातिकको मतगणना सम्पन्न हुँदा एमालेले २९ हजार ४ सय ७ ल्याएर पहिलो भएको हो।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १८ हजार १ सय ३५ मत ल्याएको छ। तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ४ हजार ८ सय ३८, चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले ३ हजार ९ सय ७९, पाचौँ स्थानमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) २ हजार ४ सय ४९, छैटौँ स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीले १ हजार ७ सय ९१ मत ल्याएको छ।

यस्तै, प्रदेश सभाको समानुपातिकमा पनि एमालेले पहिलो मत पाएको छ। एमालेले धनकुटामा २९ हजार ७ सय ६५ मत ल्याउँदा नेपाली कांग्रेसले १९ हजार ५ सय ७४ मत पाएर दोस्रो भएको छ। यस्तै, ३ हजार ९ सय ९१ मत ल्याएर माओवादी केन्द्र तेस्रो, ३ हजार २ सय ३७ मत ल्याएर जनता समाजवादी पार्टी चौथो, २ हजार ६ सय ५६ मत ल्याएर राष्ट्रिय प्रजातन्त्र पार्टी छैटौँ र २ हजार १ सय ९७ मत ल्याएर एकीकृत समाजवादी सातौँ र १ हजार ३ मत ल्याएर संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च आठौँ भएको मुख्य निर्वाचन अधिकृत योगेन्द्र प्रसाद शाहले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.