|

काठमाडौं : प्रतिनिधिसभाको जारी मतगणनामा समानुपातिक मतमा घण्टीको अग्रता तोड्दै माओवादी केन्द्रको हँसिया हथौडा अघि बढेको छ।

निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार माआवादी केन्द्रले ८ लाख मत कटाउँदा रास्वपाले पाएको मत संख्या ७ लाख ९९ हजार छ।

निर्वाचन आयोगको तथ्याङ्कअनुसार मध्यान्न १२ सम्म नेकपा माओवादी केन्द्रले आठ लाख १ हजार ३७९ मत प्राप्त गरेर तेस्रो स्थानमा उक्लिएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीले सात लाख ९९ हजार सात ८२ मत प्राप्त गरेर माओवादीभन्दा पछाडि परेको छ।

समानुपातिक तर्फको पहिलो स्थानमा नेकपा एमाले र दोस्रो स्थानमा कांग्रेस छ। एमालले १८ लाख ९७ हजार २७ मत र कांग्रेसले १८ लाख ३ हजार ३६ मत प्राप्त गरेको छ।

उच्च सुरक्षाबीच तीव्र गतिमा मतगणना भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.