मुगु : मुगुमा प्रतिनिधिसभा सदस्यतर्फ सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार ऐनबहादुर शाही विजयी भएका छन्। उनी १४‚७०२ मत प्राप्त गर्दै विजयी भएका हुन्।
काँग्रेस उम्मेदवार शाहीका निकटतम प्रतिद्व्रन्द्वी नेकपा (एमाले)का राजबहादुर कार्कीले १०‚७०८ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकृत विष्णुप्रसाद न्यौपानेले जानकारी दिए। शाही र कार्कीबीच ३‚९९४ मतान्तर छ। विजयी शाही नेपाली काँग्रेस मुगुको सभापति समेत हुन्।
त्यस्तै प्रदेशसभा (१) मा एमालेका जीतबहादुर मल्ल विजयी भएका छन्। उनले ६‚६१८ तथा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का गोपालबहादुर बमले ५‚५४५ मत प्राप्त गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।