|

काठमाडौं :  प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये शनिबार दिउँसो १ बजेसम्म १ सय ४७ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। जसमा नेपाली कांग्रेसले ५० सिटमा जित हासिल गरेको छ। 

नेकपा एमालेले ३८, नेकपा माओवादी केन्द्रले १६, नेकपा एकीकृत समाजवादीले १० र राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सिट जितेका छन्।

राप्रपाले ६, जनता समाजवादी पार्टी जसपाले ५, लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले ४, नागरिक उन्मुक्ति पार्टीले ३, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र जनमत पार्टीलै एक÷एक सिट जितेका छन् ।

मतगणना भइरहेका १५ स्थानमध्ये नेपाली कांग्रेस ६, नेकपा एमाले ४, नेकपा माओवादी केन्द्र २, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी एक/एक स्थानमा अगाडि छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.