काठमाडौं : प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये शनिबार दिउँसो १ बजेसम्म १ सय ४७ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। जसमा नेपाली कांग्रेसले ५० सिटमा जित हासिल गरेको छ।
नेकपा एमालेले ३८, नेकपा माओवादी केन्द्रले १६, नेकपा एकीकृत समाजवादीले १० र राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सिट जितेका छन्।
राप्रपाले ६, जनता समाजवादी पार्टी जसपाले ५, लोकतान्त्रिक समाजवादी पार्टी लोसपाले ४, नागरिक उन्मुक्ति पार्टीले ३, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र जनमत पार्टीलै एक÷एक सिट जितेका छन् ।
मतगणना भइरहेका १५ स्थानमध्ये नेपाली कांग्रेस ६, नेकपा एमाले ४, नेकपा माओवादी केन्द्र २, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी एक/एक स्थानमा अगाडि छन्।
बाजुरा, दोलखा र स्याङ्जा २ मा मतगणना सुरु भएको छैन।
ताजा परिणाममा को कहाँ अगाडि ?
कांग्रेस उम्मेदवारको अग्रता रहेका स्थान
धनुषा- ४
महेन्द्र यादव (रुख) १८०६८
रघुवीर महासेठ (सूर्य) १६१८६
महोत्तरी- ४
महेन्द्र कुमार राय(रुख) २५४२०
सुरेन्द्रकुमार यादव (छाता) २१२९६
उदयपुर १
डा.नारायण खड्का (रुख) १४२४१
मञ्जुकुमारी चौधरी(सूर्य) १२८३२
सुनसरी- ४
ज्ञानेन्द्र बहादुर काकी(रुख) २२३४५
जगदीशप्रसाद कुसियैत (सूर्य) २२१६९
रामेछाप
पूर्णबहादुर तामाङ्ग (रुख) ३२४४४
कैशाल ढुंगेल (सूर्य) २३५९३
इलाम- २
डम्बरबहादुर खड्का (रुख) २८४८६
सुवासचन्द्र नेम्वाङ्ग (सूर्य) २८४७०
एमाले उम्मेदवारको अग्रता रहेका स्थान
इलाम- १
महेश बस्नेत (सूर्य) १८५४२
झलनाथ खनाल (कलम)१६०८७
मोरङ-१
घनश्याम खतिवडा (सूर्य) २२७९८
डिगबहादुर लिम्वु (रुख) २२७४३
सुनसरी- २
भीमप्रसाद आचार्य (सूर्य) २७४७१
सिताराम महतो (रुख) २३४६७
सुनसरी- ३
भगवती चौधरी (सूर्य) १७०३१
विजयकुमार गच्छदार (रुख) १२४७४
माओवादी उम्मेदवारको अग्रता रहेका स्थान
महोत्तरी-१
गिरिराजमणि पोखरेल (हँसिया हथौडा) १९६२८
लक्ष्मी महतो कोइरी (सूर्य) १८४२१
सर्लाही-२
महिन्द्र राय यादव (हँसिया हथौडा) २०७३८
राजेन्द्र महतो (साइकल) १८७९३
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको अग्रता रहेका स्थान
सुनसरी -१
गोमा तामाङ (घण्टी) १०७६४
अशोक कुमार राई (छाता) ९५५६
राप्रपाका उम्मेदवारको अग्रता रहेको स्थान
रुपन्देही-३
दीपक बोहरा (हलो) ३२८४८
बालकृष्ण खाँण (रुख) ३१००६
जसपाका उम्मेदवारको अग्रता रहेको स्थान
धनुषा- १
दीपक कार्की (छाता) १६८२८
मातृका यादव (हँसिया हथौडा) १३७५१
तपाईंको ईमेल गोप्य राखिनेछ ।