काठमाडौं : बाजुराको बुढीनन्दा नगरपालिका ५ को मतदान केन्द्रमा अहिले मतदान जारी छ । आज दिउँसोसम्ममा ५० प्रतिशत मत खसेको छ । कुल मतदाता ९ सय ९९ रहेको मतदान स्थलमा अहिलेसम्म ५ सय जनाले भोट हालिसकेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिए।
उनका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान शान्तिपूर्ण रुपमा जारी छ । गत मंसिर ४ गते प्रतिनिधि र प्रदेशसभा निर्वाचनको दिन विवाद र झडपका कारण बुढीनन्दा ५ को मतदान प्रक्रिया स्थगित गरी पुनः आज मतदान भइरहेको हो । बाजुराकै अन्य २४ भन्दा बढी मतदान केन्द्रको मतदान रद्द गर्नका लागि निवेदन परेको मुख्य निर्वाचन अधिकृत पौडेलले बताए।
राजनीतिक दलहरूले रद्द गर्न आग्रह गरिएका मतदान केन्द्रको अध्ययन गर्न निर्वाचन आयोगको टोली हिजो बाजुरा पुगेको छ । ती स्थानमा मतदान रद्द गर्ने नगर्नेबारे आयोगले निर्णय गर्नेछ । गत मंसिर ४ गते मतदानका दिन बाजुराका विभिन्न मतदान स्थलमा भएको झडपका कारण एक जनाको प्रहरीको गोली लागी ज्यान गएको थियो भने एक जनाको कुटपिटबाट ज्यान गएको थियो ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।