|

काठमाडौं :  नेकपा (एमाले) का उपाध्यक्ष तथा रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित विष्णुप्रसाद पौडेलले आफूले मत माग्ने क्रममा जनतासँग गरेका वाचा पूरा गर्ने बताएका छन्।

प्रतिनिधिसभामा निर्वाचित भएसँगै राससलाई दिनुभएको प्रतिक्रियामा उनले भने, 'रुपन्देहीका जनताले आफूलाई यसपटक पनि अनुमोदन गरेबाट विकासप्रति यहाँका मतदाताको आकांक्षा झन् प्रकट भएको महसुस गरेको छु, जताका विकासका आकांक्षा पूरा गर्नेछु।' उनले रुपन्देही जिल्लासहित बृहत् लुम्बिनी क्षेत्रको व्यवस्थित र दीर्घकालीन विकासमा जोड दिने प्रतिबद्धता आफूले निर्वाचनका बेला जनतासँग गरेको र आगामी दिनमा अब सोहीबमोजिम नै काम अघि बढाउने पनि बताए।

आफ्नो निर्वाचन क्षेत्र सँगैसँगै सिङ्गो रुपन्देही जिल्लाको विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका पौडेलले रुपन्देहीलाई विकासको नमुनाका रुपमा विकास गर्ने बताउँदै आएका छन्।

पहिलो पटक विसं २०५१ को संसदीय चुनावमा पाल्पा क्षेत्र नं नं ३ बाट विजयी उनी विसं २०७० को दोस्रो संविधानसभा चुनावमा रुपन्देहीबाट निर्वाचित भएका थिए। यसअघि विसं २०७४ को संसदीय निर्वाचनमा पनि उनी रुपन्देही क्षेत्र नं २ बाट नै निर्वाचित भएका थिए। उनले अर्थ, गृहलगायतका मन्त्रीको जिम्मेवारीमा रहेर काम गरिसकेका छन्। नेकपा एमालेका तत्कालीन उपमहासचिव रहेका पौडेल २०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादीको एकता भई नेकपा बनेपछि नेकपाको महासचिवको जिम्मेवारीमा रहेर पनि काम गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.