|

काठमाडौं : नेपाली कांग्रेसले मत गणनामा धाँधलीको आशंका जताएपछि सुनसरी ४ को प्रतिनिधि सभा तर्फको मत गणना रोकिएको छ।

मत गणनाको विवरण रुजु गर्ने क्रममा कर्मचारीले मत विवरण थपघट गरेको पाइएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।

सोही विषयलाई लिएर नेपाली कांग्रेसका उम्मेदवार वर्तमान संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले घटना छानबिनको मागसहित सर्वदलीय बैठकको माग गरेका छन्। 

सो पश्चात् मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको छ। सर्वदलीय बैठक डाकिएसँगै प्रतिनिधिसभा तर्फको मतगणना तत्कालका लागि रोकिएको छ।

 पछिल्लो मत परिणाम अनुसार कांग्रेस उम्मेदवार कार्की २३ हजार ४ सय ३९ मतका साथ झिनो अग्रतामा छन्।

प्रतिष्पर्धी एमाले उमेदवार जगदीस प्रसाद कुसियैतले २३ हजार ३ सय ४१ मत ल्याएका छन् ।  कार्की ९८ मतले अगाडि छन् । सुनसरी ४ को प्रतिनिधि सभा तर्फ ८ वटा वडाको मत गन्न बाँकी छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.