|

काठमाडौं : प्रतिनिधिसभाको प्रत्यक्षमा दुई पूर्व, एक बहालवाला र एक गृहराज्यमन्त्री पराजित भएका छन्। यी चारजना नेपाली कांग्रेसका नेता राप्रपाका उम्मेदवारसँग पराजित भएका हुन्। कमल थापा, कृष्णप्रसाद सिटौला, बालकृष्ण खाँण, देवेन्द्रराज कँडेल राप्रपा उम्मेदवारसँग पराजित भएका हुन्।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित भएका छन्। झापा ४ बाट उम्मेदवारी दिएका पूर्वगृहमन्त्री सिटौला लिङदेनसँग ३‚२७६ मतान्तरले पराजित भएका हुन्।

लिङदेनले ४०‚६६२ पाउँदा सिटौलाले ३७‚३८६ मत प्राप्त गरेका छन्। सिटौला लिङ्देनसँग दोस्रो पटक पराजित भएका हुन्।

लिङ्देनले २०७४ र २०७९ गरी सिटौलालाई पराजित गरेका हुन्। त्यस्तै राप्रपा नेपालका अध्यक्ष एवं पूर्वगृहमन्त्री कमल थापा राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहसँग पराजित भए। एमालेका साथ पाएका थापा मकवानपुर १ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थिए। सिंहले २४‚१९५ मतसहित थापाभन्दा करिब २ हजार बढी मत प्राप्त गरेका थिए। थापा पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनमा गृहमन्त्री थिए।

राप्रपाका अर्का उम्मेदवार ध्रुवबहादुर प्रधानले पूर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेललाई पराजित गरेका थिए। प्रधानले कँडेलभन्दा करिब १५ हजार बढी मत प्राप्त गरे। प्रधान नेपाल प्रहरीका पूर्वप्रमुख पनि हुन्। बहालवाला गृहमन्त्री बालकृष्ण खाँण रूपन्देही ३ मा राप्रपाकै दीपक बोहोरासँग पराजित भएका छन्। बोहोराले ३६,७१७ र खाँणले ३४,०३६ मत पाएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.