|

काठमाडौं : प्रतिनिधिसभातर्फ समानुपातिकमा नेकपा एमालेले २० लाख मत कटाएको छ । निर्वाचन आयोगका अनुसार एमालेले २० लाख ११ हजार मत ल्याएको छ। 

नेपाली कांग्रेसले १९ लाख ४३ हजार मत ल्याएको छ। तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ८ लाख ७० हजार मत ल्याउँदा चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ३५ हजार मत पाएको निर्वाचन आयोगले जनाएको छ। 

राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाख ४३ हजार, जनता समाजवादी पार्टी जसपाले २ लाख ४० हजार, नेकपा एकीकृत समाजवादीले १ लाख ८६ हजार, नागरिक उन्मुक्ति पार्टीले १ लाख ७३ हजार मत ल्याएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.