‘मत परिणामको मुचुल्काको प्रति मेरो फेसबुकको म्यासेज बक्समा पठाउनू’

|
फाइल फोटो

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिक तर्फ अरू पार्टीको मत अस्वाभाविक बढ्दै गएको भन्दै पार्टीका मतगणना प्रतिनिधिलाई चनाखो रहन निर्देशन दिएका छन्। 

सामाजिक सञ्जालमा लेख्दै ओलीले ३ प्रतिशत मत नकट्ने गठबन्धन घटकले अर्को पार्टीको मत जोड्न सक्ने भन्दै चनाखो रहन निर्देशन दिएका हुन्। 

‘समानुपातिक मतगणना भइरहेको छ। सुरु देखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिन्छ। एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता ग़लत कार्य पनि हुनसक्छ।’  उनले लेखेका छन्, ‘जिल्ला जिल्लामा मतगणनामा रहनु भएका साथीहरू चनाखो रहनुहोस्। मतगणनामा प्रतिनिधि रहनु भएका साथीहरूलाई म त्यहाँको मत परिणामको मुचुल्काको प्रति मेरो फेसबुकको म्यासेज बक्समा पठाउनु हुन अनुरोध गर्दछु।’

​अहिले एमालेबाट फुटेर नयाँ पार्टी गठन गरेको नेकपा एकीकृत समाजवादीले २ लाख मत पुर्‍याउन लाग्दा ओलीको यस्तो प्रतिक्रिया आएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.