|

काभ्रे : वाम लोकतान्त्रिक गठबन्धनले काभ्रेका विभिन्न शहरमा शनिबार र्‍याली निकालेको छ। काभ्रेको प्रतिनिधिसभा क्षेत्र नं. २ बाहेक सबै क्षेत्रमा जित हात पारेको गठबन्धनले धन्यवाद र्‍याली निकालेको हो।

काभ्रेको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सूर्यमान दोङ (लालध्वज) विजयी भएका छन्। सोही निर्वाचन क्षेत्रको प्रदेशसभा (क)मा रत्न ढकाल र (ख)मा तीर्थ लामा विजयी भएका हुन्। 

त्यस्तै काभ्रेको प्रतिनिधिसभा २ (क)मा नेकपा एकीकृत समाजवादीका लक्ष्मण लम्साल र (ख)मा काँग्रेसका कञ्चनचन्द्र वादेले जित हात पारे।

काभ्रे–१ मा गठबन्धनका साझा उम्मेदवार शिवप्रसाद हुमागाईंको पक्षमा नतिजा आएन। 

कोणसभामा बोल्दै नवनिर्वाचित प्रतिनिधिसभा सदस्य दोङले आगामी ५ वर्षमा समृद्ध काभ्रे बनाउने अठोट गर्दै जनताको अमूल्य मतको अपमान हुने गरी सुशासनमा कुनै कालो धब्बा लाग्न नदिने बताए।

प्रदेशसभा सदस्य तीर्थ लामाले काभ्रेको समग्र विकासका लागि कुनै बहाना नबनाई दत्तचित्त भएर लाग्ने बताए। 

त्यस्तै बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्रीसमेत रहेका प्रदेशसभा सदस्य रत्न ढकालले काभ्रेलाई भ्रष्टाचारमुक्त जिल्ला बनाउने दाबी गरे। नेकपा (एकीकृत समाजवादी) का नेता तथा प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले छिट्टै काभ्रेले विकासमा फड्को मार्ने बताए।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.