इलाम : इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका छन्।
विवादका बीच सम्पन्न मतगणनाको परिणामअनुसार नेम्वाङ ११४ मतान्तरका साथ निर्वाचित भएका हुन्।
अन्तिम मतपरिणाम अनुसार नेम्वाङले ३० हजार २० मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत ल्याएका छन्। २०५६ सालबाट इलाम–२ बाट निर्वाचनमा होमिएका पूर्वसभामुख नेम्वाङ ५ औँ पटक सांसद चुनिएका हुन्।
उनी यसअघि २०५६, २०६५, २०७० र २०७४ मा इलाम–२ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।