|

काठमाडौं : गत आइतबार सम्पन्न मतदानको मतगणना अन्तिम चरणमा पुगेको छ। पछिल्लो मतपरिणाम अनुसार प्रदेशसभातर्फ नेपाली कांग्रेसले १०४ स्थानमा जित निकाल्दा ३ स्थानमा अग्रता कायम गरेको छ। 

नेकपा एमाले ८६ वटा निर्वाचन क्षेत्रमा विजयी हुँदा ३ वटामा अगाडि छ। माओवादी केन्द्रले ५३ स्थानमा जित निकालेको छ।  नेकपा एकीकृत समाजवादीले १३ वटा निर्वाचन क्षेत्रमा जित हात पार्दै १ वटामा अग्रता बनाएको छ। 

स्वतन्त्रले १२ स्थानमा जितेका छन्। राप्रपाले ११ स्थानमा जित निकालेको छ। जसपा नेपालले ९ स्थानमा जित निकाल्दै १ स्थानमा अग्रता कायम गरेको छ। यस्तै लोसपाले ९ स्थानमा विजयी भएको छ। जनमत पार्टीले ७ स्थानमा जित निकालेको छ। जनमत पार्टीले ७ स्थानमा जित निकालेको छ। नागरिक उन्मुक्ति पार्टीले ५ स्थानमा जित हासिल गरेको छ। 

नेमकिपाले एउटा निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ भने हाम्रो नेपाली पार्टीले पनि एक ठाउँमा जितेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.