|

काठमाडौं : आज(आइतबार)देखि बन्द भएको सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन खुलेको छ। 

यातायात व्यवस्था विभागले सूचना जारी गर्दै निर्वाचनका कारण बन्द भएको आवेदन प्रणाली आइतबारदेखि पुन: सुचारु भएको जानकारी दिएको हो।

मंसिर ४ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा कर्मचारी खटिनुपर्ने भन्दै विभागले मंसिर १  बाट अनलाइन आवेदन बन्द गरेको थियो। अब भने सर्वसाधारणहरूले चालक अनुमतिपत्रको लागि  आवेदन दिन सक्ने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.