काठमाडौं : सुनसरी क्षेत्र नम्बर १ मा जनता समाजवादीले अग्रता लिएको छ। पछिल्लो मतपरिणाम अनुसार जसपाका उम्मेदवार अशोककुमार राईले १३ हजार ८०१ मत पाएका छन्।
६६०२५ मत गणना हुँदा उनले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङलाई चार मतले पछि पारेका हुन्। तामाङले १३ हजार ७९७ मत पाएका छन्।
त्यस्तै नेकपा माओवादी केन्द्रका मुक्सामहाङ सुब्बा १० हजार ७८४ मतसहित तेस्रो स्थानमा छन्। स्वतन्त्र उम्मेदवार मनोजकुमार मेयाङ्बोले ६हजार ८३४ मत पाएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।