|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ। 

अध्यक्ष ओलीलाई भेट्न नेता सिंह आइतबार साँझ भक्तपुरको बालकोटस्थित उनको निवासमै पुगेका हुन्।

बधाइ आदानप्रदानसँगै दुई नेताबीच समसामयिक राजनीतिक एवं निर्वाचन परिणामका विषयमा छलफल भएको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ।

भेटमा सामान्य चुनावी समीक्षा र समसामयिक राष्ट्रिय राजनीतिबारेकुराकानी भएको नेता सिंहका स्वकीय सचिव युपी लामिछानेले बताए।

निर्वाचनको परिणामसँगै नयाँ सरकार गठनको कसरत भइरहेका वेला अध्यक्ष ओली र नेता सिंहको भेटलाई चासोका साथ हेरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.