|

काडमाडौं : सुनसरी क्षेत्र नं. १ प्रदेश सभा (२) मा नेकपा एमालेका विजयकुमार राई विजयी भएका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार राप्रपाका उम्मेदवार अनीश ढकाललाई राईले चार हजार ९८२ मतान्तरले पराजित गरेका हुन्। राईले १२ हजार ४ सय ६४ मत प्राप्त गरे। राप्रपाका ढकालले सात हजार ४८२ मत पाए।

यस्तै, गठबन्धनबाट नेकपा एसका रेवतीरमण राईले चार हजार ९८८ र स्वतन्त्र उम्मेदवार रोहित सुब्बाले ६ हजार ८३८ मत प्राप्त गरे।

३९ हजार १५३ मत खसेकोमा ३७ हजार २०० सदर भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.