|

काठमाडौं :  काठमाडौंमा विपद् जोखिम व्यवस्थापनमा स्थानीय सरकारको क्षमता अभिवृद्धि कार्यक्रम सुरु भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले युएस एड र आइओएमको सहकार्यमा सबै पालिकामा सञ्चालन गरिरहेको कार्यक्रमअन्तर्गत काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीहरूका लागि सोमबार र मंगलबार सञ्चालन हुनेछ। 

कार्यक्रम शुभारम्भ गर्दै महानगरकी उपप्रमुख सुनिता डंगोलले, विपद् रोक्न नसकिने तर पूर्वतयारी गरेर क्षति घटाउन सकिने भएकोले यसका लागि तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताइन् उनले भनिन्,‘सुरक्षित समुदायका लागि वडास्तरीय विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाउनुपर्ने अहिलेको आवश्यकता हो।’ वडा समितिहरूलाई यो संयन्त्र सक्रिय बनाउन आग्रहसमेत गरेकी छन्। 

विपदसम्बन्धी धारणा परिवर्तन आवश्यक छ। भूकम्प र आगलागी मात्र विपद् होइन। महामारी पनि विपद नै हो। यस प्रकारका जोखिमबाट समुदायलाई बचाउन संघीय नीति र कार्यक्रमलाई स्थानीय करण कसरी गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्ने उनको तर्क थियो।

हिजोको सिकाई भोलिको सुरक्षाका लागि काम लाग्ने भएकोले हिजो भोगेका देखेका र व्यहाेरेका कुरालाई क्षमता विकासमा समेट्नु पर्ने  प्रवक्ता नविन मानन्धरले बताए। नागरिक सुरक्षाका लागि विपद क्षति व्यवस्थापनको क्षमता विकास गर्नु पहिलो विपद व्यवस्थापन समितिका संयोजक एवं वडा ३ का अध्यक्ष प्रेम थापाले बताए।  

तालिममा विपदसम्बन्धी बुझाइ, सरकारका नीति र प्राथमिकता, विपद सुशासन र यसको स्थानीय तहमा भएको अभ्यास, विपद व्यवस्थापन समितिको काम कर्तव्य, विपद कोष सञ्चालन, विपद लेखा जोखा लगायतका विषय समेटिएका छन्। विपदको वित्तीय व्यवस्था र जोखिम हस्तान्तरण संयन्त्र, स्थानीय तहमा जोखिम व्यवस्थापन कार्ययोजनालगायत विषयमा प्रस्तुति छलफल र समूहगत कार्य हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.