|

विराटनगर :  कात्तिक २५ गते धरानको चुनावी आमसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका अशोक राईलाई जिताउन एमाले कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए।

उनले  ठट्यौली भाषामा राईलाई  इंकित गर्दै भनेका थिए,‘हाल अशोक राई एमालेमा हुनुहुन्न, उहाँ  नहुँदा  पनि एमालेको संगतले  जितिन्छ भन्ने पुष्टि गर्नु छ।’  त्यसो त  ओलीले भने जस्तो एमालेको संगतले अन्य जिल्लामा खासै प्रभाव परेन। तर, धरानमा भने मत गणनाको अन्तिम अवस्थामा आशोक राई संसदीय ढोका खोल्न सफल भए।

मतगणनाको सुरुवातदेखि राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले अग्रता लिए पनि अन्तिममा राई विजयी बनेर तेस्रोपटक संसद् यात्रा पक्का गरेका हुन्। 

यता, लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका मुक्सामहाङ मेन्याङ्बा तेस्रो भए।

तीनवटा प्रयासमा अशोकको विजयी यात्रा

जीवनको ऊर्जाशील उमेर राजनीतिमा बिताएका अशोक राईले  ३ वटा  प्रत्यक्ष निर्वाचनमा पराजय बेहोरेका थिए। हाल एमालेसँगको गठबन्धनको आडमा अहिले राई सांसद बने। तत्कालीन एमालेमा रहँदा अशोक राई पार्टीभित्र नै सर्वाधिक मतले निर्वाचित हुने नेता थिए। ०४६ सालको जनआन्दोलनमा धरानमै बसेर मोर्चा सम्हालेका थिए।

०४६ सालको आन्दोलनमा धरानमै बसेर मोर्चा सम्हालेका राई नेकपा (माले) र नेकपा (मार्क्सवादी) बीच एकीकरण भएर २०४७ मा बनेको एमालेको केन्द्रीय सदस्य थिए।

  त्यसपछि फेरिएको  यात्रा ...

 एमालेको केन्द्रीय सदस्य बनेसँगै उनी पार्टी संगठनका लागि पहाड हानिए। ‘रातो लालटिन’  बोकेर पूर्वी नेपालको पहाडीको कुना कन्दरा धाउनु गाँउका मान्छेलाई एकै ठाँउ जम्मा गरेर संगठनको काम गर्नु अशोक राईको पार्टी भित्रको लगाव र प्रभाव थियो।

उनले पार्टीभित्र गरेको काम, लगाव र संघर्षकै कारण  ०४८ को निर्वानमा चुनावी प्रतिस्पर्धामा उत्रिन खोजे तर,  मनमोहन अधिकारीको सुनसरी क्षेत्र नम्बर एकमा प्रवेश भएसँगै राई  व्याक भए।  राई धरान छोडेर खोटाङ क्षेत्र नम्बर ३ मा निर्वाचन लड्न गए। जन्मस्थान र आफैँले सङ्गठनसमेत गरेको ठाउँ भएर पनि होला त्यो समय उनले निर्वाचनमा विजयी हासिल गरे।

०४८ मा खोटाङ ३ बाट निर्वाचित राई ०५१ को मध्यावधिमा भने खोटाङ २ बाट निर्वाचित भएका थिए। ०५४ को पार्टी विभाजनमा राई मालेतर्फ गए। त्यसैले ०५६ को चुनाव राईले मालेबाट उदयपुरमा उठे। तर, जित निकालेनन्। ०५८ मा पुनः मालेमा गएकाहरू एमालेमा फर्किएका थिए।

त्यसपछि पुनः अशोक एमालेका भए। ०५६ पछि ०६४ चैत २८ मा पहिलो संविधानसभा सदस्यको निर्वाचन भयो। त्यतिबेला अशोक उदयपुरबाट पुनः निर्वाचन उठे तर हारे।

०७० को दोस्रो संविधानसभा निर्वाचनसम्म आइपुग्दा भने अशोक फेरि एमालेका रहेनन्। ०६९ मा एमाले छोडेर संघीय समाजवादी नेपाल पार्टी बनाए। ६८ जिल्लामा उम्मेदवारसमेत उठाए। तर, राई आफैँ भने प्रत्यक्ष चुनाव लडेनन्। पहिलो संविधानसभा निर्वाचनको बेला तेस्रो भएका अशोक दोस्रो संविधानसभासम्म आइपुग्दा भने समानुपातिकमा बसे।

समानुपातिकभन्दा कम मत

सुनसरी क्षेत्र नम्बर १ मा समानुपातिकतर्फ एमाले गठबन्धनको मत २३ हजार ७ सय ८१ (एमाले २००९८ र जसपा ३६८) रहेको छ। यता, राईले १७०५९ मत पाए अर्थात् समानुपातिकले पाएको भन्दा कम पत पाएर  निर्वचित भए। यता, सत्ता गठबन्धनको मत  १८०१५ (काँग्रेस ११७५० , माओवादी ४६५६ र एकिकृत समाजवादी १६०९) रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.