|

कतारमा आयोजना भइरहेको फिफा विश्वकपको समूहचरणको दोस्रो खेलमा आज दुई जितविहिन टिम क्यारुन र सर्बिया प्रतिस्पर्धा गर्दै छन्। समूह ‘जी’ अन्तर्गत हुने खेल जानौव रंगशालामा दिउँसो ३:४५ मा सुरु हुनेछ।

पहिलो खेलमा हार बेहोरेको दुवै टोली प्रतियोगिताबाट बाहिरिने जोखिममा छन्। त्यसैले दुवै टिम नकआउटको आसा कायम राख्न पनि निश्चित जित चाहन्छन्। आफ्नो पहिलो खेलमा सर्बिया ब्राजिलसँग २-० तथा क्यामरुन स्वीट्जरल्यान्ड्ससँग १–० ले पराजित भएको थियो।

दुवै टिमलाई बराबरी या हारले टोलीको अघिल्लो चरण पुग्ने सम्भावना कमजोर बन्ने छ। दोस्रोपटक एक अर्का विरुद्व प्रतिस्पर्धा गर्न लागेका दुवै टिम पछिल्लोपटक सन् २०१० मा भएको मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गरेका थिए। जतिबेला सर्बियाले ४–३ को जित निकालेको थियो।

आठौंपटक विश्वकप खेलिरहेको क्यामरुनको सबैभन्दा उत्कृष्ट नतिजा सन् १९९० को विश्वकपमा क्वाटरफाइनलसम्म पुग्नु नै हो। त्यसयता क्यामरुन समूह चरण नै पार गर्न सकेको छैन। सन् २००२ मा साउदी अरेबियालाई १–० ले पराजित गरेयता क्यामरुनले विश्वकपमा जित निकाल्न सकेको छैन।

त्यसयताको सबै ८ खेलमा क्यामरुनले हार बेहोरेको छ। समग्रमा यि दुई टिमबिचको खेल प्रतिस्पर्धात्मक हुने आँकलन गरिएको छ।

क्यामरुन र सर्बिया दुवै टोली डार्कहर्स छवि बनाउने प्रयासमा छन्। क्यामरुन आफ्ना स्टार खेलाडीहरू आन्द्रे ओनाना, जान चाल्सकास्टलेटो, कोलिन्स फाइ, निकोलस एन्कुलु, तोलो नौहोउ, क्रिस्टोफर वुह, मार्टिन होंग्ला, पिएर कुन्डे लगायतको साथमा मैदानमा हुनेछ।

त्यस्तै, सर्बिया पनि क्यामरुनलाई हराएर विश्वकपमा फर्कने प्रयास गर्ने छ। २०१० मा सर्बियाको नामबाट तेस्रोपटक विश्वकप खेलिरहेको सर्बियाको पनि विश्वकपमा राम्रो प्रदर्शन हुन सकेको छैन। टोलीले समूह चरण पार गर्न सकेको छैन।

युरोपेली छनोटमा पोर्चुगललाई पछि पारेर विश्वकपमा छनोट भएकाले पनि सर्बिया बलियो दाबेदारका रुपमा हेरिएको छ।

सर्बिया आफ्ना अनुभवी तथा स्टार खेलाडीहरुका साथमा रहने छ। सर्बिया मार्को डिमिट्रोभिच, निकोला मिलेन्कोभिच, स्ट्राहिन्जा पाभ्लोभिच, नेमान्जा गुडेल्ज, सर्गे मिलिन्कोभिच–साभिच, सासा लुकिच लगायत खेलाडीको साथमा मैदान उत्रिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.