|

कतारमा जारी विश्वकप फुटबलमा क्यामरुन र सर्वियाले बराबरी खेल्दै १/१ अंक बाँडेका छन्।

कतारको जानौव रंगशालामा आज भएको पहिलो खेलमा दुवै टोलीले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।

खेलको २९ औँ मिनेटमा जिन–चार्ल्स कास्टेलेटोले गोल गर्दै क्यामरुनले शुरुवाती अग्रता दिलाए। लगत्तै सर्बियाका स्ट्रेहिन्जा पाभ्लोभिचले पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै खेल बराबरीमा ल्याए।

त्यसको ३ मिनेटपछि नै सर्गेज मिलिन्कोविच–साविचले दोस्रो गोल गरेपछि सर्विया खेलमा २–१ को अवस्थामा पुग्यो। दोस्रो हाफमा सर्वियाका अलेक्जेण्डर मिट्रोभिचले अर्को गोल गर्दै खेललाई ३–१ को रोचक मोडमा पुर्‍याए।

तर सर्वियाको अग्रता धेरै बेर टिक्न पाएन। खेलको ६३ औं मिनेटमा भिन्सेन्ट अबुबाकरले गोल फर्काएपछि खेलमा क्यामरुनले २–३ को रोमाञ्चक अवस्थामा ल्यायो। लगत्तै खेलको ६६ औँ मिनेटमा एरिक मैक्सिम चौपो–मोटिंगले अर्को गोल थप्दै गोल ३–३ को बराबरीमा पुर्‍याए।

खेलका केही झलकः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.