|

काठमाडौं : मेलम्ची खानेपानी विकास समितिले मेलम्चीको पानी पुन: पथान्तरण गरिएकाले नदीमा पानीको बहाव घटबढ हुनसक्ने भन्दै सचेत रहन वरिवरीका बासिन्दासँग आग्रह गरेको छ।

विकास समितिले सोमबार सूचना जारी गरी सुरुङ प्रवेश मार्गहरू सिन्धु, ग्याल्थुम तथा अम्बाथानबाट जुनसुकै वेला पानी झर्न सक्ने जनाएको हो।

‘खोलामा माछा मार्न, वस्तु भाउ चराउन, खेतीपाती गर्न तथा अन्य जुनसुकै कामका लागि जाँदा विशेष सावधानी अपनाउनु हुन जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ।

वर्षामा खानेपानी बन्द गरेकाे करिब ५ महिनापछि विकास समितिले काठमाडौं उपत्यकामा पानी ल्याउन साेमबार मेलम्चीको पानी पुन: पथान्तरण शुरु गरेकाे हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.