|

काठमाडौं : काठमाडौं उपत्यका विकास प्राधिकरणले खोला किनार अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना हटाउन सूचना जारी गरेको छ। 

शहरी विकास मन्त्रालय अन्तर्गतको प्राधिकरणले काठमाडौं उपत्यकाभित्रका सरकारी, पर्ती, ऐलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना ३५ दिनभित्र खाली गर्न भनेको हो। 

निर्देशनको अवज्ञा गरेमा अतिक्रमण गरी निर्माण गरिएका संरचना प्राधिकरणले हटाउने चेतावनी दिएको छ। महानगरले हटाउँदा वा भत्काउँदा लागेको लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर गरिने प्राधिकणले उल्लेख गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.