|

हेटौंडा : बागमती प्रदेशसभाको नयाँ संसद् पनि तत्कालीन शिक्षा निर्देशनालयको भवनबाट नै सुरु हुने भएको छ।

पुरानै भवनमा नयाँ संसदको सुरुवात हुनेभएपछि बागमती प्रदेशसभा सचिवालयले तयारी थालेको छ। नयाँ जनप्रतिनिधि चुनिएर आउने बेलामा उनीहरुको स्वागतको लागि भन्दै सरकारी कर्मचारीहरुले लार्खौ खर्चिएर तामझाम गर्छन्। 

पाँच वर्षसम्म संसद चलेको प्रदेशसभाको पुरानो भवनलाई पनि यतिबेला कर्मचारीहरुले त्यस्तै तामझाम गरिरहेका छन्। नयाँ जनप्रतिनिधिलाई स्वागत गर्न स्वरुप परिवर्तन गर्ने बहानामा चालू अवस्थामा रहेको सामान परिवर्तन गर्नेदेखी लाखौ खर्चिएर रंगरोगण गर्ने नेपालको सरकारी कर्मचारीहरुको पुरानै चलन हो।

प्रदेशसभाको पहिलो कार्यकाल सञ्चालन भएको शिक्षा निर्देशनालयको भवनलाई प्रदेशसभा सचिवालयले जिपसन बोर्ड हाल्ने, रंग लगाउने, माइक लगाउने, भवन सफा गर्नेजस्ता कार्य गरिरहेको छ। 

नयाँ प्रदेशसभा सदस्यहरु र सभामुख तथा उपसामुखको स्वागतको लागि प्रदेशसभाको पुरानो भवनलाई नयाँ स्वरुप दिने सचिवालयको तयारी छ। 
प्रदेशसभामा आउने नयाँ सभामुख र उपसभामुखको कार्यकक्षलाई रंग्याउनको लागि काठमाडौंबाट कामदार ल्याइएको छ। बुट्टासहितको रंग लगाउने कामदार हेटौंडामा नपाएपछि काठमाडौंबाट झिकाएको बताइएको छ। 

सभामुख र उपसभामुखको लागि यसअघिको २/२ कोठा भत्काएर एउटै बनाइएको छ, बुट्टासहितको रंग लगाउन काठमाडौंबाट कामदार ल्याएर लगाउने काम भइरहेको छ भने नयाँ कुर्सी पनि बनाइरहेको सचिवालयले जनाएको छ। 

प्रदेशसभाको सचिव र बैठक कोठाको स्वरुप परिवर्तन गरिएको छ भने संसद बैठक बस्ने सभाहलमा जिप्सन बोर्ड हाल्ने काम भइरहेको छ। सिमेन्टले ढलान गरिएको सभाहलमा नयाँपन ल्याउने भन्दै जिप्सन हालिरहेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.