|

काभ्रे : काभ्रेमा समानुपातिकतर्फ नेकपा (एमाले) पहिलो दल बनेको छ। काभ्रेका २ प्रतिनिधिसभा र ४ प्रदेशसभा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक हुँदा समानुपातिकतर्फ एमाले पहिलो दल बनेको हो।

काभ्रेमा पहिलो दल बनेको एमालेले संघ र प्रदेश गरी समानुपातिकमा १,२३,६५७ मत ल्याएको छ। दोस्रो नेपाली कांग्रेसले १,००,४३३ मत पाउँदा नेकपा माओवादी केन्द्रले ५१,५९८, राष्ट्रिय प्रजातन्त्र पार्टीले १८,९५४ मत र नेकपा एकीकृत समाजवादीले १७,९४६ मत पाएका छन्। एमालेले पाएको मत कांग्रेसको भन्दा २३,२२४ बढी हो।

प्रतिनिधिसभातर्फ एमालेले ५८,७८४ मत पाएको छ। नेपाली कांग्रेस ४८,३११ मत पाएर दोस्रो भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी २६,६१८ मत पाएर तेस्रो स्थानमा छ भने नेकपा माओवादी केन्द्र २५,२६१ मतका साथ चौथो स्थानमा छ। नेकपा एकीकृत समाजवादी पार्टीले ८,०९८ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीले ६,२२१ मत पाए।

यस्तै प्रदेश सभातर्फ एमालेले ६४,८७२ मत पाएर प्रदेशमा पनि अग्रस्थान कायम गरेको छ। कांग्रेसले ५२,१२२ मत, माओवादी केन्द्रले २६,३३७ मत, राप्रपाले १२,७३३ मत र एकीकृत समाजवादीले ९,८४८ पाएको जिल्ला निर्वाचन कार्यालय काभ्रेले जनाएको छ।

काभ्रेमा क्रियाशील सबै दलले प्रतिनिधिसभाभन्दा प्रदेशसभामा धेरै मत ल्याएका छन्। अरू साना दलले पाएको मत भने १ हजारभन्दा कम छ। रास्वपाले भने प्रदेशसभातर्फ प्रत्यक्ष र समानुपातिक दुवैमा भाग लिएको थिएन।

माआवोदी केन्दभन्दा रास्वपा ठूलो दल
निर्वाचनको केही समयअघि मात्रै दर्ता भएको रवि लामिछाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टी काभ्रेमा माओवादी केन्द्रलाई उछिन्दै एमाले र कांग्रेसपछिको ठूलो दल बनेको छ।

जिल्लामा रास्वपाले प्रतिनिधिसभातर्फ समानुपातिकमा माओवादी केन्द्रले भन्दा १,३५७ मत बढी ल्याएर तेस्रो शक्तिको रूपमा उदाएको छ। संघमा रास्वपाले २६,६१८ मत र एकल चिह्नमा चुनाव लडेका माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले २५,२६१ मत पाए।

त्यस्तै संघ पछाडि रहेको राप्रपा प्रदेशसभातर्फ भने एकीकृत समाजवादी भन्दा ठूलो दल बनेको छ। गठबन्धन गर्दा ४ ठाउँमा भोट हाल्दा मतदाता अन्योलमा परेका कारण धेरै मत बदर हुँदा समानुपातिकमा अपेक्षा गरिएभन्दा कम मत आएको माओवादी केन्द्रका एक नेताले बताए।

क्षेत्रगत रूपमा कुन दलले कति मत पाए ?
प्रतिनिधिसभा २ र प्रदेशसभा ४ गरी ६ वटा निर्वाचन क्षेत्र रहेको काभ्रेको क्षेत्र नम्बर १ को समानुपातिकतर्फ एमाले २४,०७९ मत, कांग्रेसले २१,७५५, माओवादी केन्द्रले १७,३३५, रास्वपाले ९,७९४, राप्रपाले २,४२९ र एकीकृत समाजवादीले १,९५५ मत ल्याएका छन्।

त्यस्तै जिल्ला निर्वाचन कार्यालयको तथ्यांकअनुसार काभ्रे–२ मा एमालेले ३४,७०५ मत, कांग्रेसले २६,५५६, रास्वपाले १६,८२४, माओवादी केन्द्रले ७,९२६ र एकीकृत समाजवादीले ६,१४३, राप्रपाले ३,७९२ र नेपाल मजदुर किसान पार्टीले १,२९१ मत पाए।

काभ्रे–१ का दुईवटै प्रदेशसभाअन्तर्गत समानुपातिकतर्फ एमालेको २६‚५१३ मत, कांग्रेसको २१,८१०, माओवादीको १८,२८६, राप्रपाको ४,९८१ र एकीकृत समाजवादीको ३,२३७ मत रहेको छ।

त्यसैगरी काभ्रे–२ को प्रदेशसभातर्फ एमालेको ३८,३५९ मत, कांग्रेसको ३०,३१२, माओवादीको ८,०५१, राप्रपाको ७,७५२ र एकीकृत समाजवादीको ६,६११ मत छ।

काभ्रे–१ मा कुल १,५२,६२१ मतदाता रहेकोमा संघमा ८३,६३३ र प्रदेशमा ८३,३६७ मत खसेको थियो। त्यस्तै काभ्रे–२ मा १,५७,४४२ मतदातामध्ये संघमा १,०३,६६१ मत र प्रदेशमा १,०३,०९७ मत खसेको थियो । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.