|

काठमाडौं : स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता ह्वात्तै बढाएका छन्।

चापाकोट नगरपालिका वडा नम्बर ३ को मतगणना सकिँदा गुरुङले झण्डै ५ हजार मतको अग्रता कायम गरेका छन्।

यहाँ कांग्रेसले बुथ कब्जा गरेको आरोप लगाउँदै एमालेले पुन: मतदान हुनुपर्ने माग गरेको थियो। तर निर्वाचन आयोगले पुन: मतदान नगरी मतगणना अघि बढाउन निर्देशन दिएपछि दुई दिन अघिबाट गणना थालिएको हो।

वडा नम्बर ३ मा गणना गर्दा कांग्रेस उम्मेदवार गुरुङले १ हजार ४२६ मत प्राप्त गर्दा एमालेकी पद्माकुमारी अर्यालले जम्मा १ सय ३ मत मात्रै पाएकी छिन्।

प्राप्त पछिल्लो मतपरिणाम अनुसार गुरुङले २७ हजार ३२ मत ल्याउँदा अर्यालले २२ हजार ४०१ मत प्राप्त गरेकी छिन्। यहाँ मतगणना अन्तिम चरणमा पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.