|

कञ्चनपुर : बैतडीकी २१ वर्षीया माया लुहारको हत्याकाण्डका आरोपी भरतराम कोली आइतबार बिहान महेन्द्रगर स्थित बस पार्कबाट पक्राउ परेका छन्। 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सशस्त्र प्रहरी जवान कोलीलाई बिहान १० बजे पक्राउ गरिएको हो। पक्राउ परेक कोलीलाई आजै जिल्ला प्रहरी कार्यालय बैतडीमा पठाइने प्रहरीले जनाएको छ। 

बस पार्कमा भारत तर्फ जाने बस कुरेर बसेका कोलीलाई पक्राउ गरिएको प्रहरीको भनाइ रहेको छ।

मंसिर १४ गते  बैतडीको पञ्चेश्वर गाँउपालिका-४ की २१ वर्षीया लुहारको विभत्स रुपमा हत्या गरिएको अबस्थामा शव फेला परेको थियो। 

 मायासँगै रहेकी नेहा लुहारलाई घाइते बनाइएको थियो। नेहाकै बयानका आधारमा सशस्त्र प्रहरी जवान कोलीलाई प्रहरीले पक्राउ गरिएको प्रहरीको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.