|

काठमाडौं : मञ्जुश्री बचत तथा ऋण सहकारी जोरपाटीमा पैसा बचत गरेका बचतकर्ता विचल्लीमा परेका छन्। सहकारीका सञ्चालक श्याम लामा सहितका कर्मचारीले सहकारी बन्द गरी फरार भएसँगै उनीहरू विचल्लीमा परेका हुन्। 

यसअघि सहकारीका कर्मचारीले १८ असोजमा सबैको पैसा फिर्ता दिने भन्दै भुक्तानी माग गर्ने बचतकर्तालाई फर्काएका थिए। 

सहकारीबाट पैसा नपाएका मध्येका एक पीडित रामु तामाङले भने, ' यस सहकारीले प्रतिव्यक्ति २ देखि ४० लाखसम्म पैसा खाएर भागेको छ' उनले थपे, ' पैसा फिर्ता पाउने आशाले सहकारीमा पुग्दा ताला लगाएको अवस्था छ।' आफ्नै बचत रकम नपाउँदा विचल्लीमा परेको उनले दुखेसो सुनाए।

रामेछाप घर भएका तामाङले  आजभन्दा २ वर्षअघि गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ मा रहेको मञ्जुश्री सहकारीमा ८ लाख जम्मा गरेका  थिए। यतिवेला सो पैसा कसरी उठाउने भन्ने चिन्तामा रहेका उनी बताउँछन्। यतिवेला सहकारीमा  जितेन लामा ३५ लाख, उमेश खतिवडा १४ लाख भगवती मिजार ६ लाख,डोल्मा लामा २३ लाख भुक्तानी लिन बाँकी रहेको  उनले बताए।

सो सहकारीले एक महिना अगाडि  सुमाे सकाेस बीच एकिकरण भएकाे सुचना सार्वजनिक गरेकाे थियाे। उनीहरु यतिवेला पैसा उठाउनका प्रहरीमा उजुरी गर्ने तयारी गरिरहेका छन्। सहकारीमा कुल कति सदस्य छन्? र कति रकम ठगी भएको भन्नेबारे एकिन तथ्यांक खुलिनसकेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.