|

दोलखा : दोलखामा सत्ता गठबन्धनका उम्मेदवार गंगा कार्कीले अग्रता  लिएका छन्।

८१ हजार ९६ मत गनिसक्दा कार्कीले ३५ हजार ७९० मत प्राप्त गरेका हुन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका बालकृष्ण शिवाकोटीले ३४ हजार ५९५ मत प्राप्त गरेका छन्। कार्की र शिवाकोटीबीच एक हजार १९५ मतान्तर रहेको छ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेलले ३ हजार ३६१ मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका विजय खड्काले एक हजार ५०६ मत  ल्याएका छन्।

मतगणना जारी रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.