|

काठमाडौं :  भारत विहारका पूर्व मुख्यमन्त्री एवं राष्ट्रिय जनता दलका नेता लालुप्रसाद यादवको मिर्गौला प्रत्यारोपण गरिएको छ।  

७४ वर्षीय यादवको गत सोमबार सिंगापुरस्थित माउन्ट एलिजावेथ अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको हो। यादवलाई आफ्नै छोरी रोहिणी आचार्यले मिर्गौला दान गरेकी हुन्।

पेसाले चिकित्सक रहेकी रोहिणी अहिले आफ्नो श्रीमानसँग सिंगापुरमा बस्दै आएकी छन्।

यादवको पछिल्लो केही वर्ष देखि मिर्गौला अस्वस्थ भएको थियो। उनले दिल्लीस्थित एम्स अस्पतालमा मिर्गौलाको उपचार गराउँदै आएका थिए। तर सुधार नभएपछि उनी छोरीकै सल्लाहमा सिंगापुर पुगेका थिए। 

यादवलाई मिर्गौला मात्रै नभई मधुमेह, उच्च रक्तचाप लगायतको समस्या समेत थियो। अहिले अंग ग्रहणकर्ता यादव र अंगदाता आचार्य दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.