|

बैतडी : जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको सुर्नया गाउँपालिका ६ दुदिलाखानमा जीप दुर्घटना हुँदा चारजना घाइते भएका छन्। 

जीप चालक बझाङ केदारस्यु गाउँपालिका ५ गौराडीका धनबहादुर गुरधामी, बझाङकै बुंगल नगरपालिका ९ की नरपति पातली, सोही ठाउँकी काली पातली र नरमा पातली घाइते भएका हुन्। 

घाइतेमध्ये नरपति र कालीको अवस्था गम्भीर रहेको बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। घाइते सबैलाई उपचारको लागि डडेलधुरा अस्पताल पठाइएको छ। 

बझाङबाट डडेल्धुरा जाँदै गरेको से१ज १२२६ नम्बरको जीप आज बिहान ८ बजेतिर सडकबाट करिब १०० मिटर तल खसेको हो। जीप अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.