|

सुर्खेत :   सदरमुकामको मुगु जिल्ला अस्पतालमा जीवनजलकै अभाव रहेको छ।  जिल्लाको एक मात्र सरकारी अस्पतालमा जीवनजल अभाव हुँदा बिरामीहरू समस्यामा परेका छन्।

सरकारले निशुल्क वितरण गर्दै आएको जीवनजल अहिले मुगु अस्पतालमा अभाव छ। मुगु अस्पतालमा जीवनजलसमेत पाइन छाडेको बिरामीले गुनासो गरेका छन्। औषधि नभएकोले झाडापखाला लागेर जिल्ला अस्पतालमा पुग्ने हो भने पनि बिरामीले जीवनजल पनि नपाउने अवस्था छ।

झाडापखालाका बिरामी उपचार गर्न अस्पताल आउँदा जीवनजल नपाउने गरेको बताउँछन्। अस्पतालमा जीवनजलको अभाव हुँदा जिवनजलको लागि सरकारी अस्पतालले नजिकको औषधि पसलमा किन्न पठाउँछन्।

झाडापाखालामा मृत्युबाट जोगाउने अचुक औषधिको रुपमा मानिने जीवनजल जिल्लाकै एक मात्र सरकारी अस्पतालमा मै अभाव हुँदा सम्बन्धित निकायको ध्यान जान सकेको छैन। जिल्ला अस्पताल मुगुमा जीवनजलको अभाव एक महिनादेखि रहेको नाम नबताउने सर्तमा अस्पतालमा कार्यरत एक कर्मचारीले बताए।

‘हामी बिहानैदेखि बिरामीहरूलाई सेवा प्रदान गरिरहेका छौँ, तर उनीहरूलाई निःशुल्क रुपमा दिनुपर्ने औषधि दिन सकेका छैनौँ’, अस्पतालमा कार्यरत एक कर्मचारीले भने।  

‘जिल्ला अस्पतालमा जीवनजल एक महिनादेखि अभावबारे स्वास्थ्य सेवा कार्यालय मुगुका सूचना अधिकारी पर्सुराम नेपालीलाई प्रश्न गर्दा उनले भने जीवनजल अभाव एक महिनादेखि नभइ दुई–तीनदेखि भएको बताए।

जिल्ला अस्पताल मुगुमा जीवनजल मात्रै होइन, नेपाल सरकारले निःशुल्क वितरण गर्दै आएको केही औषधिहरू समेत अभाव छ। राज्यबाट ७२ प्रकारभन्दा बढी औषधि निःशुल्क रुपमा उपलब्ध गराउन भनिए पनि मुगुमा ५० देखि ६० प्रकारका मात्रै औषधि पाउने गरेका स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.