सुर्खेत : नेपालगन्जबाट हुम्लाका लागि उडेको जहाजमा चरा ठोकिएको छ। हुम्लाको अदानचुली गाउँपालिकाको मुने लेकनजिकै कार्गो जहाजमा चिल ठोक्किएको तारा एयरले बताएको छ।
दिउँसो करिब १ बजेतिर जहाजमा चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको भागमा क्षति पुगेको छ।
यद्यपि जहाजमा सवारहरू भने सकुशल सिमकोट विमानस्थल अवतरण गरेका बताइएको छ। जहाजमा पाइलट, को–पाइलट र एयरहोस्टेजसहित तीनजना सवार थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।