|

काठमाडौं : सर्वोच्च परिसरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा

तारा बराल रहेकी छिन्।  उनले परिसरमा  उनले वकिलहरूको विरोध कार्यक्रममा पुगेर  काला वकिल मुर्दावाद भन्दै नारा लगाएकी थिइन्।  उनले चोलेन्द्रको पक्षमा पनि नारा लगाएकी थिइन्।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा  आफूविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएसँगै आजै सर्वोच्चमा हाजिर हुन जादैँ छन्।

उनी सर्वोच्च आउने भनेपछि नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत फर्किने तयारी गरेसँगै बार पदाधिकारीहरुले धर्ना सुरु गरेका हुन्।

सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.