|

काठमाडौं : सर्वोच्च अदालतमा धर्नामा रहेका वकिलहरूलाई जुत्ता प्रहार गरेपछि एक महिला पक्राउ परेकी छिन्।

पक्राउ पर्नेमा तारा बराल रहेकी  थाहाखबरकर्मी निशेष खनालले सर्वोच्चको परिसरबाट जानकारी दिए। प्रधानन्यायधिश चोलेन्द्र जबराको पक्षमा आएकी ती महिलाले वकिलहरूलाई जुत्ता हानेकी हुन्।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा  आफूविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव निष्क्रिय भएसँगै आजै सर्वोच्चमा हाजिर हुन जादैँ छन्।

उनी सर्वोच्च आउने भनेपछि नेपाल बार एशोसिएसनले सर्वोच्च अदालतको मूल गेटमा धर्ना दिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत फर्किने तयारी गरेसँगै बार पदाधिकारीहरुले धर्ना सुरु गरेका हुन्। सर्वोच्च परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.