|

काठमाडौं : नयाँ बानेश्वरस्थित यातायात व्‍यवस्था विभाग अगाडिको पर्खालमा सामाजिक समावेशीकरण झल्काउने भित्ते चित्रकला परियोजना सुरु भएको छ। 

नेपालस्थित अमेरिकन दूतावास, काठमाडौं महानगरपालिका लगायतका संस्थाहरुको समन्वयमा ५ जना चित्रकारले चित्रकला तयार पारिरहेका हुन्।

देशभरका चित्रकार मध्यबाट आर्ट टुडे फाउन्डेसनले खुला प्रतिस्पर्धामार्फत ५ जना छनोट गरी भित्ते चित्रकला तयार पार्न जिम्मेवारी दिएको हो।

चित्रकारहरूमा सिन्धुलीबाट खेमबहादुर पाल्पाली, भक्तपुरबाट सुदीप बल, सर्लाहीबाट मनीषा शाह, ललितपुरबाट किरण महर्जन र संयुक्त राज्य अमेरिकाबाट म्यान वान छनोट भएका छन्।

 केही तस्वीर झलक :

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.